0 Shares

काठमाण्डौं । महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा शनिबार आज पशुपति क्षेत्र विकास कोषको  आयोजनामा पाशुपत क्षेत्रमा भव्य शोभायात्रा सम्पन्न गरिएको छ।

शोभायात्रामा स्वदेश तथा विदेशबाट आएका साधुसन्त, स्थानीय भक्तजन तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो। पाशुपत क्षेत्रका अधिकांश भाग परिक्रमा गर्दै निकालिएको शोभायात्रामा धामी–झाँक्री समूहले सांस्कृतिक झाँकी प्रस्तुत गर्दै विशेष आकर्षण थपेका थिए।

महाशिवरात्रि पर्व भोलि मनाइँदैछ। कोषले पर्वका अवसरमा भक्तजनले सहज रूपमा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको, सरसफाइ व्यवस्थापन सुदृढ गरिएको तथा आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

सम्बन्धित समाचारसबै