सुशासन र लोकतन्त्रको बलमा आउँदो चुनावलाई सफल बनाउनेमा जोड

0 Shares

काठमाण्डौ। राष्ट्रपति रामचन्द्र पौडेल ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न गर्न सबैमा एकजुट भएर लाग्न आह्वान गर्नुभएको छ।

उहाँले आज काठमाण्डौमा शेर्पा सङ्घ द्वारा आयोजना गरिएको ग्याल्पो ल्होसार (२१५३ औँ मे फो त ल्हो) को शुभकामना आदान–प्रदान कार्यक्रममा संबोधन गर्दै देशको लोकतान्त्रिक प्रक्रियामा नागरिकको अभिमत लिन चुनाव उपयुक्त माध्यम भएको उल्लेख गर्नुभयो।

राष्ट्रपति पौडेलले भने, “सुशासनमार्फत समृद्धिबाट देशमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ। त्यसैका लागि आउँदो चुनाव सफल पार्न सबैलाई आह्वान गर्दछु।” उहाँले लोकतन्त्र र सुशासनले मात्र देशको समृद्धि र सामाजिक स्थायित्व सुनिश्चित गर्न सक्ने जोड दिनुभयो।

उहाँको आह्वानले नागरिकलाई मतदानमा सक्रिय सहभागी बनाइ लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै