आधिकारिक उम्मेदवारविरुद्ध बागी उठाएपछि पूर्वमन्त्री दीपकुमार उपाध्यायसहित १९ जना कांग्रेसबाट निष्कासित

0 Shares

काठमाडौं । नेपाली कांग्रेस ले पार्टीको आधिकारिक निर्णय विपरीत गतिविधि गरेको आरोपमा पूर्वमन्त्री तथा पूर्वराजदूत दीपकुमार उपाध्याय सहित १९ जनालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ।

उपाध्यायका छोरा आशिष शर्मा कपिलवस्तु–१ मा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेपछि जिल्ला कार्यसमितिले अनुशासन कारबाही अघि बढाएको हो। शर्मालाई बागी उम्मेदवार बनाउन सक्रिय भूमिका खेलेको र पार्टी निर्णय नमानिएको ठहर गर्दै बाबुछोरा सहित अन्य नेताहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाइएको छ।

तौलिहवामा बसेको जिल्ला कार्यसमितिको बैठकले अनुशासन समितिको सिफारिसका आधारमा उक्त निर्णय गरेको हो। आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेको तथा समर्थन गरेको आरोपमा कारबाही गरिएको बताइएको छ।

जिल्ला समितिको निर्णय अब अनुमोदनका लागि प्रदेश तथा केन्द्रीय अनुशासन समितिमा पठाइने पार्टी स्रोतले जनाएको छ।

सम्बन्धित समाचारसबै