0
Shares
विराटनगर । भोजपुर नगरपालिका-३ स्थित सेतीबगरमा नेपाली सेना सवार बस दुर्घटनामा परेको छ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापना गर्न हिँडेको सेनाको टोली दुर्घटनामा परेको प्रहरीले जनाएको छ। भोजपुरबाट हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो।
उक्त दुर्घटनामा परी २४ जना सैनिक जवान घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर भएकाले उनीहरूलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
निर्वाचन सुरक्षाका लागि परिचालन हुन लागेको टोली नै दुर्घटनामा परेपछि स्थानीय प्रशासनले उद्धार र उपचार कार्यमा तीव्रता दिएको छ।