सुर्खेतबाट रास्वपाको १०० बुँदे प्रतिबद्धता सार्वजनिक(पूर्णपाठ सहित)

0 Shares

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १०० बुँदे वाचापत्र सार्वजनिक गर्दै सुशासन र विकासलाई केन्द्रमा राखेको घोषणा गरेको छ। वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार, कृषि तथा पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए।

वाचापत्रमा भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा डिजिटल प्रणाली विस्तार, युवालाई उद्यमशीलतामा प्रोत्साहन तथा स्थानीय उत्पादनको बजारीकरणलाई विशेष जोड दिइएको छ। साथै, कर्णालीको समग्र विकासका लागि विशेष पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

रास्वपाले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक ढंगले काम गर्ने दाबी गर्दै वाचापत्र कार्यान्वयनका लागि स्पष्ट समयसीमा र प्रभावकारी अनुगमन संयन्त्र तयार गरिने जनाएको छ। नेताहरूका अनुसार प्रतिबद्धताहरूलाई व्यवहारमै उतारेर कर्णालीको दीगो विकास र सुशासन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ। (पूर्णपाठ सहित)

RSP-BachaPatra

सम्बन्धित समाचारसबै