एमालेको झण्डा जलाइएपछि दाङमा राजनीतिक आरोप,प्रत्यारोप

0 Shares

काठमाडौं । दाङमा चुनावी गतिविधि तीव्र भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा (एमाले) को झण्डा जलाएको भिडियो सार्वजनिक भएपछि राजनीतिक वातावरण तनावपूर्ण बनेको छ।

पार्टी सभापति रवि लामिछाने को स्वागतका लागि भेला भएका कार्यकर्ताले एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको हो। भिडियोमा उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल विरुद्ध नाराबाजी गरेको आवाज समेत सुन्न सकिन्छ। पोखरेलको गृहजिल्ला दाङमै यस्तो घटना भएको उल्लेख गरिएको छ।

सुर्खेतमा आयोजना गरिएको सभापछि लामिछाने तुलसीपुर हुँदै घोराही पुगेका छन्। यता वरिष्ठ नेता बालेन्द्र साह भने स्वास्थ्यमा समस्या देखिएपछि सुर्खेतबाटै काठमाडौं फर्किएको जनाइएको छ।

रास्वपाले आज घोराहीमा लुम्बिनी प्रदेशस्तरीय चुनावी सभा आयोजना गरेको छ। सभाको पूर्वसन्ध्यामा भएको घटनाप्रति एमाले केन्द्रीय सदस्य शान्ता चौधरी ले सामाजिक सञ्जालमार्फत आपत्ति जनाउँदै चुनाव प्रचार गर्न पाइने भए पनि अर्को दलको झण्डा जलाउनेजस्ता गतिविधि अस्वीकार्य रहेको बताएकी छन्।

सम्बन्धित समाचारसबै