दाङको तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा तीन जना पक्राउ

0 Shares

दाङ । तुलसीपुर मा नेकपा एमालेको झण्डा जलाइएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति तुलसीपुर उपमहानगरपालिका–६ का २४ वर्षीय बिक्रम परियार र तुलसीपुर–४ का ३० वर्षीय रमेश राना मगरलाई नियन्त्रणमा लिइएको हो। यसअघि तुलसीपुर–७ कालाखोला का ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पनि प्रहरीले पक्राउ गरिसकेको थियो।

नेकपा एमालेले तुलसीपुरको वीरेन्द्रचोक क्षेत्रमा केही व्यक्तिले पार्टीको झण्डा जलाएको दाबी गरेको छ। घटनाको विरोधमा एमाले कार्यकर्ताले हिजो बेलुका दाङको तुलसीपुरसहित देशका विभिन्न स्थानमा विरोध र्‍याली निकालेका थिए।

दाङ प्रहरी प्रवक्ता डीएसपी रेशम बोहराका अनुसार पक्राउ परेकाविरुद्ध कुन शीर्षकमा मुद्दा दर्ता गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुर ले झण्डा जलाउने घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको जनाएको छ।

सम्बन्धित समाचारसबै