“यो क्षेत्र सांसद मात्र बनाउने होइन, मन्त्री बनाउने क्षेत्र हो” : जीवन आचार्य

0 Shares

प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवकुमार मण्डलको चुनावी सम्पर्क कार्यालय धनपालथान गाउँपालिका–कर्सियामा उद्घाटन गरिएको छ। कार्यक्रममा पूर्व अर्थमन्त्री तथा वर्तमान प्रदेश सभा सदस्य जीवन आचार्य, पार्टीका केन्द्रीय सदस्य वसिम आलम लगायतका नेताहरूको उपस्थिति रहेको थियो। उक्त अवसरमा १०० भन्दा बढी स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

धनपालथान गाउँपालिकाका पार्टी अध्यक्ष गयानन्द सरदारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा १०२ वर्षीय एक मुस्लिम ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

कार्यक्रममा युवा नेता देवा यादव, वाईसीएल जिल्ला उपाध्यक्ष एमडी रेहान, वडा नं. ७ का अध्यक्ष सन्तोष यादव, धनपालथानका वाईसीएल अध्यक्ष रमेश राय आमात लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जीवन आचार्यले निर्वाचन क्षेत्र नं. ५ लाई ‘मन्त्री उत्पादन गर्ने क्षेत्र’ को रूपमा उल्लेख गर्दै यहाँ कडा प्रतिस्पर्धा हुने बताउनुभयो। उहाँले स्थानीय मतदाताहरूलाई शिवकुमार मण्डललाई विजयी गराउन आग्रह गर्दै छोटो समयमै यस क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

सम्बन्धित समाचारसबै