जनकपुरधाममा आचारसंहिता विपरीतका २० हजार प्रचार सामग्री हटाइयो

0 Shares

धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जनकपुरधाम नगर क्षेत्रमा आचारसंहिता विपरीत टाँसिएका करिब २० हजार चुनावी प्रचार सामग्री हटाइएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषा का अनुसार विभिन्न उम्मेदवार तथा राजनीतिक दलले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाइएको हो। सार्वजनिक स्थल, बिजुलीका पोल, सरकारी भवन तथा सडक किनारामा टाँसिएका सामग्री निर्वाचन आचारसंहिताविपरीत पाइएपछि हटाउने अभियान सञ्चालन गरिएको प्रशासनले जनाएको छ।

निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले उम्मेदवार र दलहरूलाई नियमविपरीतका सामग्री आफैं हटाउन निर्देशन दिएको थियो। तर निर्देशनको पालना नभएपछि प्रशासनले हिजो व्यापक रूपमा हटाउने कार्य गरेको हो।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल ले अब फेरि यस्ता सामग्री टाँसिए कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।

सम्बन्धित समाचारसबै