सरकार विरोधी इरानी विद्यार्थी प्रदर्शन: ३,१०० भन्दा बढीको मृत्यु

0 Shares

काठमाण्डौं। इरानका कैयौँ विश्वविद्यालयमा विद्यार्थीहरूले सरकार विरोधी प्रदर्शन गरेका छन्। बीबीसीका अनुसार जनवरीमा सरकार विरोधी प्रदर्शनमा घातक दमन भएपश्चात् विद्यार्थीहरूले पहिलो ठूलो प्रदर्शन गरेका हुन्।

इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित युद्धका लागि तयारी गरिरहेका बेला यी प्रदर्शन भएका छन्। विद्यार्थीहरूले जनवरीमा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा र सार्वजनिक असन्तोष व्यक्त गर्न प्रदर्शन गरेका थिए।

अमेरिकाले इरान नजिक आफ्नो सैनिक उपस्थिति बढाउँदै आएको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सम्भावित सैनिक कारबाहीबारे विचार गरिरहेको बताएका छन्। अमेरिका र युरोपेली सहयोगीहरूले इरानले आणविक हतियार विकासको दिशामा अघि बढिरहेको आशङ्का राख्दै आएका छन्, तर इरानले यसलाई अस्वीकार गरेको छ।

गत मङ्गलवार अमेरिकी र इरानी अधिकारीबीच स्विट्जरल्यान्डमा भएको भेटवार्तामा इरानको परमाणु कार्यक्रम कटौती गर्ने विषयमा प्रगति भएको समाचार सार्वजनिक भएको थियो।

महँगीविरुद्ध सुरु भएका प्रदर्शनहरू देशभर फैलिएका थिए। इरानी अधिकारीहरूले प्रदर्शनमा करिब ३,१०० जनाभन्दा धेरैको ज्यान गएको जनाएको छ।

सम्बन्धित समाचारसबै