चुनावअघि प्रधानमन्त्री बाँडफाँटको चर्चा प्रति लिङ्देनको व्यङ्ग

0 Shares

काठमाण्डौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन सम्पन्न नहुँदै प्रधानमन्त्री को बन्ने भन्ने चर्चा चलाइएको भन्दै व्यङ्ग गरेका छन्। झापाको बिर्तामोडमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनको टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टीबालेन शाहप्रति लक्षित रहेको रूपमा बुझिएको छ। लिङ्देनले चुनाव नै सम्पन्न नभएको अवस्थामा प्रधानमन्त्रीको पद बाँडफाँटको चर्चा गर्नु उचित नभएको बताएका छन्।

उनले भने, चुनाव भएको छैन, जित्ने हार्ने टुंगो छैन, तर प्रधानमन्त्री को हुने भनेर बाँडफाँट भइरहेको छ। उनले यस्ता गतिविधिले संवैधानिक व्यवस्थाप्रति विश्वास कमजोर बनाउने संकेत गरे।

लिङ्देनले वर्तमान संविधान र संवैधानिक व्यवस्थाले देशलाई सम्भावित संकटबाट जोगाउन नसक्ने दाबी गर्दै राजनीतिक प्रणालीबारे पुनर्विचार आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्।

सम्बन्धित समाचारसबै