0
Shares
काठमाडौँ । बालेन्द्र साह (बालेन) ले दमकमा निर्माण भएको भ्युटावर सञ्चालनमा ल्याउने आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्।
उनले केपी शर्मा ओलीको पहलमा निर्माण भएको भ्युटावर र दमक सभागृह लगायतका योजनाहरू उच्चतम नागरिक उपयोगिता सुनिश्चित गर्दै सञ्चालनमा ल्याउने बाचा पत्रमा उल्लेख गरेका हुन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका बालेनले आफ्नो बाचा पत्रमा संविधानको पालना गर्दै संघीय सांसदको रूपमा कानून निर्माण, संशोधन र परिमार्जनमार्फत कार्यहरूलाई कानूनी, स्पष्ट र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्।
उहाँले संघीय संसदमा बेथिति र भ्रष्टाचार विरुद्ध अग्रपंक्तिमा उभिने र राष्ट्रिय नीति तथा बजेटमा झापा–५ का विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने प्रतिवद्धता पनि जनाएका छन्।