सर्वोच्चले दुर्गा प्रसाईंमाथि आयोगको कारबाही फाइल मगाउन आदेश

0 Shares

काठमाडौँ । सर्वोच्च अदालत नेपालले दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही अघि बढाउन लगाएको निर्वाचन आयोग नेपालको निर्णयसँग सम्बन्धित फाइल माग्ने आदेश दिएको छ।

न्यायाधीश डा. नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले ४ फागुन, २०८२ मा निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको फाइल मागेको हो।

निर्वाचन आयोगको निर्देशनअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गरेको दाबी गरेको थियो।

सर्वोच्च अदालतले दुर्गा प्रसाईंले अघि बढाएको मुद्दाको फाइल झिक्न आदेश दिँदै मंगलबारका लागि मुद्दाको पेशी तोकेको छ।

सम्बन्धित समाचारसबै