झापा । केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई लक्षित गर्दै प्रधानमन्त्री बन्ने विषय बालबालिकाको चाहना जस्तो नभएको टिप्पणी गरेका छन्।
सोमबार झापामा आयोजित कोशी प्रदेशस्तरीय ‘नेशनल भोलिन्टियर्स फोर्स’ घोषणा सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले देशको नेतृत्व गर्न स्पष्ट दृष्टि र योजना आवश्यक पर्ने बताए। प्रधानमन्त्री पदबारे चर्चा गर्दै उनले बालबालिकालाई सोध्दा प्रधानमन्त्री वा राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेजस्तै केही व्यक्तिले पनि सहज रूपमा प्रधानमन्त्री बन्ने कुरा गरेको भन्दै कटाक्ष गरे।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। त्यस्तै रास्वपाले शाहलाई र नेपाली कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन्।
प्रधानमन्त्री बन्ने विषय गम्भीर जिम्मेवारीसँग जोडिएको उल्लेख गर्दै ओलीले आफूहरू स्पष्ट भिजनसहित नेतृत्वका लागि अघि बढेको बताएका छन्।