प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा घोषणा

0 Shares

काठमाडौँ । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनको व्यवस्थापन र मतदाताको सहज सहभागिता सुनिश्चित गर्न सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो।

सम्बन्धित समाचारसबै