काठमाडौँ । सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले युवा पुस्तासँग सम्बन्धित नीतिगत समन्वय र सहभागिता सुदृढ गर्ने उद्देश्यले परिषद् गठन गर्ने निर्णय गरेको हो।
बैठकले विक्रम संवत् २०८३ वैशाख १ गतेदेखि चैत मसान्तसम्म लागू हुने गरी एक वर्षको सार्वजनिक बिदा तालिका निर्धारण गर्ने निर्णय पनि गरेको छ। साथै प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।
सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।
सरकारका यी निर्णयहरू निर्वाचन व्यवस्थापन, ऊर्जा पूर्वाधार विकास, न्यायिक प्रशासन तथा युवा सहभागिता सुदृढीकरणसँग सम्बन्धित महत्वपूर्ण कदमका रूपमा हेरिएका छन्।