निर्वाचन सुरक्षा तयारी सुदृढ गर्न सेनापति सिग्देलको निर्देशन

0 Shares

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थापनमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

सुनसरीस्थित पूर्वी पृतना तथा बर्दिबासमा रहेको मध्य–पूर्वी पृतनासहित मातहतका सुरक्षा बेसहरूको स्थलगत निरीक्षणका क्रममा उनले निर्वाचन अवधिमा जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सम्बद्ध निकायलाई सचेत गराएका हुन्।

निरीक्षणका क्रममा सम्बन्धित पृतनाहरूले आफ्नो जिम्मेवारी क्षेत्रभित्र गरिएको निर्वाचन सुरक्षा तयारी, समग्र सुरक्षा अवस्था तथा समन्वयात्मक व्यवस्थाबारे जानकारी गराएका थिए।

सेनाले निर्वाचनको समयमा शान्ति, सुरक्षा र स्थिरता कायम राख्न आवश्यक समन्वय, तयारी र सतर्कता बढाइएको जनाएको छ।

सम्बन्धित समाचारसबै