जेन–जी प्रदर्शनमा बल प्रयोग गरी हत्या गरिएको बीबीसीको खुलासा

0 Shares

काठमाडौँ । काठमाडौंमा भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएको बीबीसीको अनुसन्धानले पुष्टि गरेको छ। घटनामा स्कुलको पोशाकमा रहेका १७ वर्षीय किशोर समेत मारिएका थिए। अनुसन्धानले तत्कालीन प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले घातक बल प्रयोग गर्न आदेश दिएको खुलाएको छ।

भदौ २३ बिहान करिब ३० हजार युवा माइतीघर मण्डलामा भेला भए। प्रदर्शनकारीहरू संसद भवनतिर अघि बढ्दा प्रहरीले ब्यारिकेड राख्ने प्रयास गर्‍यो। भीडले ब्यारिकेड तोड्दा, संसद भवनको गेटभित्र प्रवेश गर्ने क्रममा लाठी चार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरियो। तर भिड नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाउने अनुमति मागेको थियो।

कमाण्ड सेन्टरमा ‘पिटर १’ कल साइन प्रयोग गरेर तत्कालीन आईजीपी खापुङले कर्फ्यू लागू भएको १० मिनेटपछि “आवश्यक बल प्रयोग गर्न” आदेश दिएको अनुसन्धानमा देखिएको छ। प्रहरी अधिकारीहरूले अनुमति मागेपछि गोली चलाइएको थियो।

भीडमा सात राउन्ड गोली चल्दा पहिलो मृत्युविनोद महर्जनका रूपमा भइन्। त्यसपछि १७ वर्षीय श्रीयम चौलागाईं शान्तिपूर्ण रूपमा अग्रपंक्तिबाट फर्किँदै गर्दा टाउकोमा गोली लागेर मृत्यु भए।

भदौ २४ गते प्रदर्शनमा जनता आक्रोशित भए। सरकारी भवनहरूमा आगजनी र प्रहरी चौकीमा हमला भयो, जसमा ३ प्रहरी मारिए। जम्मा ७७ जनाको मृत्यु भयो। यही घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए।

हालसम्म यस घटनामा कसैले जिम्मेवारी लिएको छैन। पीडित परिवार न्यायको पर्खाइमा छन्। श्रीयमकी आमाले भनेकी छन्, “मलाई अझै पनि ऊ गएको जस्तो लाग्दैन, मेरो दिमागमा ऊ अझै स्कुलको पोशाकमै छ।”

जेन–जी आन्दोलनले १० वर्ष लामो द्वन्द्वपछिको गणतन्त्रमा युवाहरूको निराशा र भ्रष्टाचारविरुद्धको आक्रोश व्यक्त गर्‍यो। विशेषगरी १४–२९ वर्ष उमेर समूहका युवा सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गर्दै आएका थिए।

बीबीसीले ४ हजारभन्दा बढी भिडिओ र फोटो विश्लेषण गरेर घटनाको विस्तृत सिलसिलवार विवरण तयार पारेको छ।

सम्बन्धित समाचारसबै