अभिषेक गिरीको सक्रियताले संगठनमा नयाँ ऊर्जा

0 Shares

मोरङ । मोरङ क्षेत्र नम्बर ४ अन्तर्गत कटहरी–१ शनि टोलमा पूर्व कांग्रेसी कार्यकर्ताहरू असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने अवस्था सिर्जना भइरहेका बेला युवापरिचालन अभियानका संयोजक अभिषेक गिरीको पहलमा आयोजित विशेष कार्यक्रमले पार्टी भित्र पुनः एकता कायम गरेको छ।

कार्यक्रममार्फत रुष्ट कार्यकर्ताहरूको गुनासो सुन्ने, संवाद गर्ने र आपसी समझदारी बढाउने प्रयास गरिएको थियो। गिरीले सबै कार्यकर्ताको असन्तुष्टि समाधान गर्दै पार्टीलाई नयाँ समिकरण र सहकार्यको भावना सहित अघि बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले आगामी दिनमा सबैको साथ, सहयोग र सक्रिय सहभागिताबाट संगठनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय कार्यकर्ताहरूले पनि आपसी मतभेद अन्त्य गर्दै पुनः सक्रिय रूपमा पार्टीमा लाग्ने प्रतिबद्धता जनाएका छन्। पछिल्लो समय क्षेत्र नम्बर ४ मा संगठन सुदृढीकरण अभियान तीव्र बनाइएको र त्यसले सकारात्मक परिणाम देखाउन थालेको बताइएको छ।

युवा परिचालनअभियानका संयोजक गिरीको सक्रियताका कारण अहिलेसम्म ५०० भन्दा बढी नयाँ सदस्य पार्टीमा प्रवेश गरेका छन् भने १,००० भन्दा बढी असन्तुष्ट कांग्रेसी कार्यकर्तालाई पुनः पार्टीमा फर्काइएको बताइएको छ। यस पहलले स्थानीय स्तरमा एकता, विश्वास र संगठनात्मक मजबुतीलाई नयाँ ऊर्जा दिएको भन्दै चौतर्फी प्रशंसा भइरहेको छ।

स्थानीय नेताहरूका अनुसार युवाको नेतृत्वमा सुरु गरिएको यस्तो एकतामूलक अभियानले पार्टीलाई आगामी राजनीतिक यात्रामा थप बलियो बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै