बिराट नाट्य कला परिषद तथा मैथिली साहित्य अभियान द्वारा संयुक्त बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ।
संयुक्त रुपमा सम्पन्न बहुभाषिक कविता गोष्ठीको तेश्रो शृंखला शनिवार एक कार्यक्रम गरि सम्पन्न भएको हो।
श्री रा• ना• सुधाकर जीको प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा विभिन्न क्षेत्र र बहुभाषिक कविहरुको उपस्तिथी रहेको थियो।
कार्यक्रममा कविहरुले आ आफ्नो सुमधुर आवाजका साथ् कवि प्रस्तुत गरेका थिए, लगभग १४ जना भन्दा बढी कविहरुले आफ्नो कवि प्रस्तुत गरेका थिए।
बिराट मैथिल नाट्य कला परिषद तथा मैथिली साहित्य अभियान यो भन्दा अगाडि पनि २ वटा कवि गोष्ठी सम्पन्न गरिसकेका छन भने यो गोष्ठीको तेस्रो शृंखला रहेको बिराट मैथिल नाट्य कला परिषदका अध्यक्ष डोमी कामतले जानकारी दिए।
अध्यक्ष कामतले मैथिली क्षेत्रको विकासका लागि लामो समय देखि योगदान दिदै आएका छन्। उनि मैथिल भाषा र प्रवर्द्दनका निम्ति कला,नृत्य नाटक मन्चन कार्यक्रमहरु निरन्तर गरि रहेका छ्न।
