यो निर्वाचन राष्ट्रको स्वाधीनता रक्षाको जनमत संग्रह हो:प्रचण्ड

0 Shares

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनलाई राष्ट्रको स्वाधीनता रक्षासँग जोडिएको महत्वपूर्ण प्रक्रिया बताएका छन्।

शनिबार कृष्णनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भदौ २६ गते राति राष्ट्रपति निवासमा भएको लामो छलफलपछि अन्तरिम सरकार गठन र छ महिनाभित्र निर्वाचन गर्ने सहमति जुटाउन आफूले भूमिका खेलेको स्मरण गरे।

उनका अनुसार बीचमा राजनीतिक उतारचढाव आए पनि अन्ततः देश निर्वाचनको वातावरणमा प्रवेश गर्नु गर्वको विषय हो। प्रारम्भदेखि नै निर्वाचनमार्फत जनताको अभिमत लिनु नै लोकतान्त्रिक समाधान भएको आफ्नो धारणा अहिले सबै राजनीतिक दल, नागरिक समाज र आमजनताले स्वीकार गरेको उनले बताए।

प्रचण्डले कपिलवस्तुले कृषि, उद्योग, व्यापार तथा विविध क्षेत्रमा विशिष्ट पहिचान बनाएको उल्लेख गर्दै यसपटकको निर्वाचन सामान्य जित–हारको प्रतिस्पर्धा मात्र नभएको स्पष्ट पारे। उनका अनुसार यो प्रक्रिया राष्ट्रिय स्वाधीनता, एकता तथा नेपाली जनताको आत्मनिर्णय अधिकारको संरक्षण गर्ने जनमत संग्रहसरह महत्व बोकेको छ।

सम्बन्धित समाचारसबै