मोरङ क्षेत्र नं. ५ मा ‘तारा’ चिन्हका उम्मेदवार शिव कुमार मण्डल घरदैलो अभियानमा, जनतासँग मत माग्दै II

0 Shares
shivkumar mandal

बिराटनगर शिव कुमार मण्डलले मोरङ क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्। ‘तारा’ चुनाव चिन्हबाट उम्मेदवारी दिएका मण्डलले घरदैलो कार्यक्रममार्फत स्थानीय जनतासँग भेट गर्दै आगामी निर्वाचनमा आफूलाई विजयी गराउन अपिल गरेका हुन्।

चुनावी अभियानका क्रममा उनले विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताएका छन्। स्थानीय समस्यालाई नजिकबाट बुझेको उल्लेख गर्दै मण्डलले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रमका क्रममा विभिन्न टोल तथा बस्तीमा पुगेका उनले नागरिकका गुनासा, सुझाव र आवश्यकताबारे प्रत्यक्ष रूपमा सुन्ने प्रयास गरिरहेको बताएका छन्। स्थानीय बासिन्दासँगको संवादमा उनले क्षेत्रको पूर्वाधार विकास, कृषि आधुनिकीकरण र युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने योजनालाई प्राथमिकतामा राख्ने बताएका छन्।

मतदाताले पनि विकासमुखी एजेण्डा अघि सारेको भन्दै सकारात्मक प्रतिक्रिया दिएको चुनावी टोलीले जनाएको छ। मोरङ जिल्ला अन्तर्गत पर्ने क्षेत्र नम्बर ५ मा यतिबेला उम्मेदवारहरूबीच चुनावी गतिविधि बढ्दै गएको छ।

सम्बन्धित समाचारसबै