रौतहटमा निर्वाचन सुरक्षा कडा, सेनाद्वारा बख्तरबन्द गाडीसहित संयुक्त गस्ती तीव्र

0 Shares

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा रौतहट जिल्लामा शान्ति–सुरक्षा व्यवस्था कडाइ गरिएको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेना ले जिल्लाभर सुरक्षा निगरानी र गस्ती बढाएको हो ।

जिल्लामा तैनाथ श्री नारायणदल गणले पैदल, मोटरसाइकल, सवारी साधन तथा बख्तरबन्द गाडीसहित व्यापक गस्ती सञ्चालन गरेको जनाएको छ । फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि अत्याधुनिक सैनिक साधन प्रयोग गरी सुरक्षा सतर्कता उच्च पारेको बताएको छ ।

जिल्लाका विभिन्न मतदान केन्द्र तथा संवेदनशील क्षेत्र वरपर विशेष निगरानी राखिएको छ । कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको सेनाले जनाएको छ ।रौतहटका सबै १७ स्थानीय तहमा सेना तैनाथ रहेको छ ।

सम्बन्धित समाचारसबै