निर्वाचन र समसामयिक विषयमा केन्द्रित रहेर राष्ट्रका नाममा आज प्रधानमन्त्रीको सम्बोधन

0 Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा समसामयिक राष्ट्रिय विषयमा केन्द्रित सन्देश दिन लागिएको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिएका छन्।

“आज प्रधानमन्त्रीज्यूले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भइरहेको छ,” रावलले भने, “प्रत्यक्ष प्रसारण गर्ने कि रेकर्डिङ गरेर सार्वजनिक गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। जे भए पनि आज महत्वपूर्ण सन्देश सार्वजनिक हुनेछ।”

गत भदौमा भएको जेनजी आन्दोलनपछि भदौ २७ गते रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनलाई नियुक्तिसँगै ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने प्रमुख जिम्मेवारी दिइएको थियो।

सरकार प्रमुखको यस सम्बोधनलाई निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक स्थिरता, लोकतान्त्रिक प्रक्रिया र समसामयिक राष्ट्रिय मुद्दाबारे स्पष्ट सन्देश दिने अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित समाचारसबै