सामाजिक सञ्जालदेखि सडकसम्म मौन अवधिमा चुनावी गतिविधि रोक्न आयोगको आग्रह

0 Shares

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु भएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल, उम्मेदवार र उनका भ्रातृ संगठनहरूलाई सामाजिक सञ्जालमा राखिएका प्रचार सामग्री हटाउन आग्रह गरेका छन्।

भण्डारीका अनुसार मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्नु कानुनविपरीत हुनेछ र कारबाही हुनेछ। उनले चेतावनी दिँदै भने, “मौन अवधिमा प्रकाशित हुने कुनै पनि सामग्रीको स्रोत पत्ता लगाइ कारबाही गर्ने हाम्रो लक्ष्य हो।”

निर्वाचन आयोगले फागुन ४ देखि १८ गतेसम्म प्रचार प्रसार गर्न सकिने अवधि तोकेको थियो। मौन अवधिमा मतदान केन्द्र वरिपरि सार्वजनिक भोज, नाचगान, जुलुस, सभा, समारोह वा होहल्ला गर्न निषेध गरिएको छ। आयोगले स्पष्ट पारेको छ कि भय, त्रास सिर्जना वा निर्वाचन वातावरण बिथोल्ने कुनै पनि गतिविधि भए संलग्नमाथि कानुनअनुसार कारबाही जनाएको छ ।

सम्बन्धित समाचारसबै