गगन थापालाई समर्थन गर्न सर्लाही पुगे जेनजी अगुवा मिराज ढुङ्गाना

0 Shares

काठमाडौं । जेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्न सर्लाही पुगेका छन्। ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही–४ पुगेका हुन्।

मिराज त्यस्ता जेनजी अगुवा हुन् जसले गत भदौ २३ गतेको जेनजी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएका थिए। माइतीघरबाट शुरू भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रमका साथ तयार गरिएको थियो।

गत आन्दोलनमा केही घुसपैठ भएपछि मिराजले सबै जेनजीहरूलाई चेतावनी दिँदै आन्दोलन नियन्त्रण बाहिर गएकाले सबैलाई घर फर्किन आह्वान गरेका थिए। तर माग पूरा गर्न वर्तमान जेनजी सरकारले कुनै पहल नगरेको उनको आरोप छ।

त्यसै क्रममा मिराजले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न खोज्दा भेट्न सकेनन्। उनका टिमलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको थियो।

सर्लाही पुगेपछि मिराज र उनका समर्थकहरूले कांग्रेस सभापति थापालाई समर्थन गर्दै स्थानीय जनसमर्थन जुटाउने अभियानमा सक्रियता देखाएका छन्।

सम्बन्धित समाचारसबै