बाम आन्दोलनको रक्षाका लागि एकता: विप्लव समूहका उम्मेदवार रोकाद्वारा चन्द्रवीर राईलाई समर्थन

0 Shares

मोरङ क्षेत्र नं. २ मा निर्वाचनको मुखैमा राजनीतिक समीकरणमा ठूलो फेरबदल आएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मेघेन्द्रकुमार रोक्का आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि ‘गुलाब’ चिन्हसहित चुनावी मैदानमा रहनुभएका रोकाले ५२ जना नेता तथा कार्यकर्तासहित सोमबार नेकपामा प्रवेश गर्नुभएको हो। चुनाव प्रचारप्रसारको अन्तिम दिन उहाँलाई सो क्षेत्रका नेकपाका उम्मेदवार चन्द्रवीर राई र नेता सुमन कालिकोटेले भव्य स्वागत गरेका थिए ।

पार्टी प्रवेशपछि बोल्दै रोकाले नेपालको बाम आन्दोलनको वास्तविक केन्द्र नेपाली कम्युनिष्ट पार्टी नै भएको ठहर गर्दै आफूले राईलाई समर्थन गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालको विकास, समृद्धि र बाम आन्दोलनको रक्षाका लागि तारावाहक उम्मेदवारलाई विजयी गराउनु अहिलेको आवश्यकता हो।”

उम्मेदवार रोकाको यो कदमसँगै मोरङ क्षेत्र नं. २ मा नेकपाका उम्मेदवार चन्द्रवीर राईको स्थिति थप मजबुत बनेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

सम्बन्धित समाचारसबै