गिरी फाउन्डेसन द्वारा “रमजान” पर्वमा २० परिवारहरुलाई खाद्यान्न सहयोग-BHITRAKOKHABAR-

0 Shares

गिरी फाउन्डेसन बिराटनगरले आज “रमजान” पर्वलाई लक्षित गरि २० परिवारहरुलाई खाद्यान्न सहयोग वितरण गरेको छ।
रमजान इस्लामिक क्यालेण्डर अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो इस्लाम धर्मावालाम्बिहरु यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मान्ने गरेको छ । महिनाको सुरवातसँगै १ देखि ३० दिन सम्म रोजा (ब्रत) अधिकांस मुस्लिमहरु बस्ने गरेका छन् ।

बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानी समेत नखाइ ब्रत बस्ने गर्छन् । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खार्ई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोडनु) गरी रोजा खोल्नुपर्छ । रोजाको समयमा मुस्लिम धर्मावालाम्बिहरु निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।

यस्तो समयमा दिनभरी वर्त र नमाज पढेर ” अल्लाह ” अर्थात इश्वरको दिनभर ध्यानमा बसेका बिराटनगर वडा न : ८ का दिन दुखि, अति बिपन्न परिवारहरुलाई गिरी फाउन्डेसनले बेलुकाको ” इफ्तार ” र बिहानको ” सेहरी ” गर्न सहज होस् भन्ने मनशाय बोकी राहत स्वरुप २० परिवारहरुलाई खाद्यान्न सामाग्रीहरु वितरण गरेको फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले बताए।

फाउन्डेसनले ” रमजान ” पर्वमा मात्र हैन जुनसुकै धर्मको पर्वको बेला आफु अगाडि आइ गरिब, पिछडा, सिमान्तकृत समूदायका व्यक्तिहरु को सहयोग निरन्तर गरिरहेका छन्। पछिल्लो समय गिरि फाउन्डेसन निशुल्क स्वास्थ्य चलाएर आमजनमानसको मन जितिरहेको छ।

 

सम्बन्धित समाचारसबै