निर्वाचनका दिन आन्तरिक उडान सञ्चालन

0 Shares

काठमाडौँ । बिहीबार (भोलि) प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन आवश्यकता अनुसार आन्तरिक उडान हुने भएको छ। वायुसेवा संचालक संघले बुधबार जारी प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ, “निर्वाचनको दिनमा संघका सदस्य वायुसेवा कम्पनीहरूले आन्तरिक उडान आवश्यकता अनुसार संचालन गर्ने व्यहोरा जानकारी गराइन्छ।”

निर्वाचन बिहीबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। मतदानको सुरक्षा र व्यवस्थित सञ्चालन सुनिश्चित गर्न बुधबार राती १२ बजेदेखि मतदान सकिनेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

निर्वाचन आयोगले मतदानस्थलमा सुरक्षा, व्यवस्था र सार्वजनिक सुविधा सुनिश्चित गर्न आवश्यक सबै कदम उठाइसकेको जनाएको छ।

सम्बन्धित समाचारसबै