मैले आफ्नो कर्तव्य पूरा गरेँ:प्रधानमन्त्री सुशीला कार्की

0 Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको बताएकी छन्।

काठमाडौं–५ अन्तर्गत धापासीस्थित निमावली फैमालचुली मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन्।

निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा भइरहेकामा आफू निकै खुसी भएको उनले बताइन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ। देशभर निर्वाचन भइरहेको छ, यसले मलाई अत्यन्त खुसी बनाएको छ।’

सम्बन्धित समाचारसबै