दोलखाको मालु मतदान केन्द्रमा झडप, स्थिति नियन्त्रण गर्न प्रहरीले गर्‍यो हवाई फायर

0 Shares

काठमाडौं । दोलखाको मालु मतदान केन्द्रमा बुथ कब्जाको आरोपलाई लिएर दुई पक्षबीच झडप भएको छ।

मतदानका क्रममा विवाद चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार झडप बढेपछि सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेका हुन्।

स्थिति असामान्य बनेपछि उक्त मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको छ ।

 

सम्बन्धित समाचारसबै