0
Shares
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचनमा जसले जिते पनि अन्ततः जनताकै जित हुने बताएका छन्।
सुनसरी–१ बाट उम्मेदवार रहेका साम्पाङले बिहीबार धरान–१८ स्थित कारमेल स्कुल मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले आफूले जित्ने दाबी मौन अवधि सुरु हुनुअघिसम्म मात्रै गरेको भन्दै अब भने जनताको निर्णयलाई स्वीकार गर्नुपर्ने बताए।
साम्पाङले भने, ‘जसले जिते पनि जनताले नै जित्ने हो। मैले जित्छु भन्ने कुरा मौन अवधिसम्म मात्रै थियो।’
निर्वाचनमा जो पराजित भए पनि त्यसलाई लोकतन्त्रको हारका रूपमा लिन नहुने उनले बताए। ‘जनताले जित्नुपर्छ, लोकतन्त्रले जित्नुपर्छ,’ साम्पाङले भने।