दोलखाको मालु मतदान केन्द्रमा मतदान अझै सुरु भएन, मतपत्र लुट्न खोजेपछि हवाई फायर

0 Shares

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै पुनः सुरु हुन सकेको छैन।

मतदानका क्रममा कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। त्यसपछि मतदान प्रक्रिया रोकिएको हो।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार अहिले मतदान पुनः सुरु गर्न विषयमा छलफल जारी रहेको छ।

उनले बुथ एजेन्टहरूलाई सुरक्षित स्थानमा राखिएको जानकारी दिए। मतपत्र लुटपाट हुन थालेपछि सुरक्षाका लागि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।

दलका केही प्रतिनिधिले मतपत्र लुट्ने प्रयास गरेपछि समस्या उत्पन्न भएको उनको भनाइ छ। ‘नियन्त्रणमा लिएको होइन, सुरक्षित स्थानमा राखेका हौँ,’ उनले भने।

सम्बन्धित समाचारसबै