दाङका दुई मतदान केन्द्रमा मतदाताको बहिष्कार

0 Shares

काठमाडौँ । दाङको बबई गाउँपालिका-७, मलई स्थित देउती मावि तल्लो मलई र वडा नम्बर १ मा अवस्थित जनता मावि जिला मतदान केन्द्रमा अहिलेसम्म एक जना पनि मतदाता निर्वाचनमा सहभागी भएका छैनन् ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाहरूले स्थानान्तरणको माग गरिरहेको तर सुनुवाइ नभएको कारण देखाइ मत खसाल्न नआएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए।

निकुञ्जबाट वन्यजन्तुको आक्रमण र बालीनाली नष्ट गरिदिने समस्याले उक्त ठाउँका बासिन्दा समस्यामा छन्।

“सहजीकरण गर्नका लागि छलफलमा पटक पटक कुरा भए पनि अन्तिममा उहाँहरूले भोट नहाल्ने नै निर्णय गर्‍यौ भन्नुभयो” प्रशासन डटकमसँग उनले भने।

३ गते भएको छलफलमा पनि नीतिगत समस्याहरू भएका कारण तत्काल समाधान नभएको हुनसक्छ, हामी मन्त्रालयमा सिफारिस गरिदिन्छौँ भनेर सिफारिस गरेर पठायौँ, मन्त्रालयको ध्यानाकर्षण पनि भएको छ। तर पनि उहाँहरूले मत नहाल्ने निर्णय गर्नुभयो, ‘उनले भने।

ती दुई मतदान केन्द्रमा एक हजार २ सय १२ मतदाता रहेका छन्।

सम्बन्धित समाचारसबै