पाँच घण्टामा देशभर करिब ३२ लाख मत खस्यो, काठमाडौंमा सबैभन्दा बढी सहभागिता

0 Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको पाँच घण्टाभित्र देशभर करिब ३२ लाख मत खसेको छ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान मध्यान्ह १२ बजेसम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो। यो कुल मतदाताको १६.८८ प्रतिशत हो।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी मतदान काठमाडौं उपत्यकामा भएको छ, जहाँ २५.५५ प्रतिशत मत खसेको छ।

यता सबैभन्दा कम मतदान मधेश प्रदेशमा भएको छ। त्यहाँ हालसम्म १०.४६ प्रतिशत मत मात्र खसेको जनाइएको छ।

सम्बन्धित समाचारसबै