0
Shares
विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा मतदान प्रक्रिया निरन्तर जारी रहेको छ। बेलुका ४ बजेसम्मको विवरणअनुसार प्रदेशमा १८ लाख १८ हजारभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।
कोशी प्रदेशमा कुल ३५ लाख ७४ हजार ३१० मतदाता रहेका छन्। तीमध्ये आधाभन्दा बढी मतदाताले मतदान गरिसकेको प्रारम्भिक तथ्यांकले देखाएको छ।
प्रदेशका विभिन्न जिल्लामा रहेका सबै मतदान केन्द्रहरूमा मतदान शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीको निगरानीमा मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन्।
निर्वाचन आयोगले तोकेको समयअनुसार मतदान साँझसम्म जारी रहनेछ।