साँझ ५ बजेपछि मतदान सकियो, लाइनमा रहेकाले भने मत हाल्न पाउने

0 Shares

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज भएको मतदानको निर्धारित समय सकिएको छ।

देशभर बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि निर्वाचन आयोगले साँझ ५ बजेसम्मको समय तोकेको थियो। सो समयसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका मतदाताहरूले भने मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

मतदान सकिएपछि मतदान केन्द्रमा रहेका सबै मतदाताले मत हालिसकेपछि मुचुल्का उठाइनेछ। त्यसपछि मतपेटिकाहरू सुरक्षित रूपमा बाँधेर सम्बन्धित मतगणना स्थलतर्फ पठाइने व्यवस्था गरिएको छ।

मतपेटिका मतगणना स्थलमा पुगेपछि सर्वदलीय बैठक बसेर मतगणना प्रक्रिया सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणना चौबीस घन्टाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सम्बन्धित समाचारसबै