काठमाडौं उपत्यकामा अनुमति नलिएका ९०० सवारीसाधन नियन्त्रणमा

0 Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको दिन काठमाडौं उपत्यकामा अनुमति (पास) बिना सञ्चालन गरिएका सवारीसाधन सुरक्षाकर्मीको नियन्त्रणमा लिइएका छन्।

निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै उपत्यकाका विभिन्न स्थानबाट ९०० सवारीसाधन नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नेपाल न्यूज बैंकलाई जानकारी दिनुभयो। उनका अनुसार अधिकांश सवारी “कोर” क्षेत्रमा सञ्चालन भइरहेका बेला नियन्त्रणमा लिइएका हुन्।

प्रहरीका अनुसार निर्वाचनको दिन अत्यावश्यक सेवा बाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। सो नियम उल्लङ्घन गर्दै मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधन चलाइएका व्यक्तिहरूविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै