झापा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा ५ मा हालसम्म ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
निर्वाचन अधिकृत विदुर कार्कीका अनुसार उक्त क्षेत्रको कुल एक लाख ६३ हजार ३७९ मतदातामध्ये आजसम्म ६५ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन्। झापा ५ यस निर्वाचनको ‘चुनावी इपिसेन्टर’ बनेको अधिकारीले बताए।
उनले भने, “आजै सर्वदलीय बैठक बस्ने तयारी छ। बैठकपछि मात्रै यस क्षेत्रको मतगणना समय टुंगो लाग्नेछ।”







