काठमाडौँ । रास्वपा वरिष्ठ नेता बालेन साहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रको जीत भएको बताएका छन्।
बिहीबार मतदान सकिएपछि सामाजिक सञ्जालमार्फत साहले प्रधानमन्त्री कार्कीको तस्बिर सेयर गर्दै लेखेका छन्, “हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ। आमा।”
जेन जेड आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगका पदाधिकारीहरूले बताएका छन्। छिटपुट विवादबाहेक मतदान प्रक्रिया सफल भएको जनाइएको छ।







