0
Shares
विराटनगर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत मोरङ जिल्लामा प्रारम्भिक अनुमान अनुसार ६५ प्रतिशत मतदान भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार जिल्लाभर शान्तिपूर्ण मतदान सम्पन्न भएको छ र करिब ६५ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
मतदान सकिएपछि मतपेटिका संकलन र सुरक्षित ढुवानीको काम जारी छ। सबै निर्वाचन क्षेत्रका मतपेटिकाहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएपछि आजै रातिबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ।
मोरङका ६ वटै निर्वाचन क्षेत्रको मतगणना अलग-अलग स्थानमा हुने व्यवस्था गरिएको छ। प्रशासनले मतगणना स्थलको सुरक्षा कडा पारेको छ भने राजनीतिक दल र उम्मेदवारहरू पनि मतगणनाको प्रतीक्षामा छन्। केही क्षेत्रमा मध्यरातदेखि गणना सुरु हुने अनुमान गरिएको छ।