हिमाली जिल्लाका मतपेटिका संकलन भोलि मात्रै पूरा हुने

0 Shares

काठमाडौँ । हिमाली जिल्लाका मतपेटिका संकलन हेलिकप्टरको व्यस्तताका कारण शुक्रबार मात्र पूरा हुने भएको छ।

निर्वाचन आयोगका अनुसार संखुवासभा, रूकुम पश्चिम, सोलुखुम्बु, मनाङ र गोर्खाका उच्च हिमाली क्षेत्रको मतपेटिका भोलि बिहान संकलन हुनेछ। हिमाली क्षेत्रका १५ जिल्ला र ६१ मतदान स्थलका मतपेटिका संकलन हेलिकप्टरमार्फत नेपाली सेनाले गरिरहेको छ।

त्यसैगरी, आयोगले जनाएको छ कि हिमाली क्षेत्रका ताप्लेजुङ, रसुवा र रुकुम पूर्वको मतपेटिका भने आजै संकलन गरिनेछ।

सम्बन्धित समाचारसबै