मोरङ–५ मा रास्वपाकी आशा झा अग्रस्थानमा

0 Shares

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नम्बर ५ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशा झाले अग्रता लिएकी छन्।

हालसम्म सार्वजनिक मतपरिणामअनुसार झाले ३ हजार ९७९ मत प्राप्त गरेकी छन्। उनलाई जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवले १ हजार ३६६ मतसहित पछ्याइरहेका छन्।

यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का शिवकुमार मण्डलले १ हजार २८६ मत पाएका छन् भने नेपाली कांग्रेसका फुलकुमार लालबानीले १ हजार १५९ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार मनोज अग्रवालले ७४५ मत पाएका छन् भने राष्ट्रिय उर्जाशील पार्टीका योगी मण्डलले ३६० मत प्राप्त गरेका छन्।

हालसम्मको मतगणनामा रास्वपाकी उम्मेदवार आशा झा स्पष्ट अग्रतामा देखिएकी छन्।

सम्बन्धित समाचारसबै