रुकुमपूर्व–१ मा प्रचण्ड अग्रस्थानमा, मतगणना जारी

0 Shares

रुकुमपूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुमपूर्व–१ मा मतगणना जारी रहँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा देखिएका छन्।

हालसम्मको गणनाअनुसार प्रचण्डले २ हजार ९८९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस की उम्मेदवार कुशुम थापा ले ९१६ मत प्राप्त गरेकी छन्। नेकपा एमाले का उम्मेदवार लिलामणि गौतमले ५९२ मत ल्याएका छन्।

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी का सन्दिप पुनले ५८ मत र राष्ट्रिय स्वतन्त्र पार्टी का लखनकुमार थापाले २८९ मत प्राप्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी सिता परियारका अनुसार आज बेलुका सम्म रुकुमपूर्वको अन्तिम नतिजा सार्वजनिक गरिनेछ।

सम्बन्धित समाचारसबै