0
Shares
मुस्ताङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हिमालपारी जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्।
प्राप्त मतपरिणामअनुसार गौचनले ३ हजार ३०७ मत प्राप्त गर्दै आफ्नो प्रतिस्पर्धीलाई पछि पार्दै विजयी बनेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमाले का इन्द्रधारा विष्टले १ हजार ८०६ मत पाएका छन्।
योगेश गौचन विघटित प्रतिनिधि सभाका सदस्य पनि रहिसकेका छन्। उनी कांग्रेस नेता तथा पूर्वमन्त्री रोमी गौचनका छोरा हुन्।