0
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको व्यापक जनसमर्थनलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आम जनताको शान्त विद्रोहको रूपमा व्याख्या गरेका छन्।
प्रारम्भिक मत परिणाम सार्वजनिक भइरहेका बेला डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्। उनले भने,“ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ट परिस्थितिमा सम्पन्न आम निर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशव्यापी जनलहर देखा परेको छ। यो मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नका लागि आम जनताको शान्त विद्रोहको अभिव्यक्ति हो।”
डा. भट्टराईले रास्वपालाई बधाई समेत दिएका छन्।