मोरङ क्षेत्र नं.२ मा मतगणना स्थलमा रास्वपा सदस्य दुर्गा रेग्मीको निधन

0 Shares

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोरङ जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ। उनी मोरङ क्षेत्र नम्बर २ को मतगणना स्थलमा ढलेका थिए।

प्रहरीका अनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। बिहानदेखि मतगणना सुरु भइसकेको केही समयपछि ढलेका रेग्मीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कविता कटुवालले जानकारी दिइन्।

हाल मृतकको शवलाई पोष्टमार्टमका लागि कोसी अस्पतालमा लैजाने तयारी भइरहेको छ।

सम्बन्धित समाचारसबै