0
Shares
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम राखेका छन्।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार पाण्डेले ११ हजार ९ सय ७२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ७ हजार ७ सय ४५ मत पाएका छन्। पाण्डेभन्दा घिसिङ ४ हजार २ सय २७ मतले पछाडि छन्।
काठमाडौं महानगरपालिका वडा नम्बर ६ को मतगणना भइरहँदा भने घिसिङले मतान्तर केही घटाउँदै लगेका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार रमेश अर्यालले ४ हजार १ सय ३३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रामेश्वर फुयालले २ हजार १ सय १ मत पाएका छन्।