रुकुम पूर्वमा प्रचण्ड भारी मतान्तरसहित विजयी

0 Shares

काठमाण्डौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरसहित विजयी भएका छन्।

हालसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी लिलामणि गौतमले ३ हजार १७ मत पाएका छन्।

यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो। अब ३ हजार ३६५ मत गणना गर्न बाँकी रहँदा प्रचण्ड ५ हजार ४६० मतले अगाडि छन्।

मतगणना प्रक्रिया पूरा गरी औपचारिक घोषणा भने हुन बाँकी रहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।

 

सम्बन्धित समाचारसबै