म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन विजयी

0 Shares

बेनी । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन्।

निर्वाचनको मतगणना सकिए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी रहेको जनाएको छ।

पुन आफ्नै जन्मथलो म्याग्दीबाट चुनाव लड्न मैदानमा उत्रिएका थिए। उनी निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत हुन्। चुनावी अभियानका क्रममा उनले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत पहल गर्ने प्रमुख मुद्दा अघि सारेका थिए।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्ने नीति बनाउने प्रतिबद्धतासमेत आफ्नो चुनावी प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन्।

यसै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत ल्याएका छन्।

म्याग्दी जिल्लामा कुल ८६ हजार ३९७ मतदाता रहेका थिए। त्यसमध्ये ४६ हजार २१५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

 

सम्बन्धित समाचारसबै